बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग तथा रत्नेचौर स्थायी घर भई हाल काठमाण्डौमा बस्ने क्षेत्र बहादुर कार्कीको आर्थिक सहयोगमा विद्युतीय पुस्तकालयको स्थापना गरिएको हो ।बिना इन्टरनेट पनि पढ्न सकिने सफ्वेयरको प्रयोगबाट पुस्तकालयमा ‐कम्प्यूटर,ल्यापटप,मोवाईल)को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने भएपछि विद्युतीय पुस्तकालयको आर्कषण बढेको प्रमुख अथिति थापाले बताउनुभयो । ‘सुचना र प्रविधिको विकाससंगै दुर्गम क्षेत्रका विद्यालयमा समेत पुस्तकालय स्थापना भइरहेको छ । शैक्षिक गुणस्तर बढाउन समेत पुस्तकालयले सहयोगी भूमिका खेल्ने छ’ थापाले भन्नुभयो ।उहाँले हालसम्म जिल्लाका २१ विद्यालयमा पुस्तकालय स्थापना र सञ्चालन गरिएको बताउनुभयो । एक महिनाभित्र थप १५ विद्यालयमा स्थापनाको तयारी भइरहेको थापाको भनाई छ । विशिष्ट अतिथि बेनपा–१ का वडा अध्यक्ष टेक बहादुर रावलले वडास्तरमा रहेका सामुदायिक विद्यालयको शैक्षिक क्षमता बढाउन सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावल, विद्यालयका पुर्व अध्यक्ष नेत्र बहादुर महत, मोना जापानका अध्यक्ष एवम् मोना आइसीका कार्यकारी सदस्य महेन्द्र बानियाँ, इन्जिनियर बसन्त श्रेष्ठ, विद्युतीय पुस्तकालय खरिदका लागि १ लाख सहयोग गर्ने कार्कीका पिता गणेश बहादुर कार्की लगाएतको उपस्थिती रहेको थियो । विद्यालयमा रहेको पुस्तकालयमा एउटा सफ्वेरको माध्यमबाट कम्प्यूटरमा पुस्तकलाई डिजिटलाइज गरेर राख्ने गरिन्छ ।

सहयोगदाता र विद्यालयले आन्तरिक आम्दानीबाट समेत कम्प्यूटर, प्रोजेक्टर सहितका उपकरणहरू प्रयाप्त मात्रामा ब्यवस्थापन गरेकाले पनि विद्यार्थीले अनुकुल भएको बेलामा पुस्तकालयमा गएर मनपर्ने पुस्तक पढ्न सकिन्छ  ब्यवस्थापनमा सजिलो, पुस्तक खोज्नुपर्ने झन्झट नहुने, चौबीसै घण्टा आफूले चाहेको पुस्तक डाउनलोड गरी घरमै प्रयोग गर्न सकिने विद्यालयका प्रअ भरत खत्रीले बताउनुभयो ।

विद्यालयले सफ्येवर, प्राविधिक सहयोगबापत ७७ हजार २ सय भुक्तान गरेको छ । उहाँले पुस्तकालयको नियमित प्रयोग तथा आवश्यकता अनुसार उपकरण समेत जडान गरिने बताउनुभयो । पुस्तकालयमा १० हजार अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका पुस्तक, श्रब्यदृश्यलाई डिजिटाइज गरी पुस्तकालयमा राखिएको छ ।

लयमा १२ कम्प्यूटर, प्रोजक्टर लगाएतका साम्रागीहरू रहेका छन् । द्यालय ब्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर खत्रीको अध्यक्षता, प्रअ भरत खत्रीको स्वागत र शिक्षक विष्णु विकको सञ्चालनमा सम्पन्न भएको छ । एउटा विद्यालयमा ५ वटा कम्प्यूटरमा विद्युतीय पुस्तकालय जडान गर्न सकिन्छ ।