विक्रम कार्की कतार ।

कतारको दोहाबाट आज बिहान नेपाल तथा हिमालयन एयरलाईन्सले ३१औँ तथा ३२औँ सहजीकरण चार्टर उडान गरेका छन् । दुबै उडानका यात्रुहरूले कोभिड -१९ परीक्षण गरी पिसिआर टेस्ट नेगेटिभ भएको प्रमाण पत्रसहित यात्रा गरेका छन् । पिसीआरको रिपोर्ट लिएर कतारबाट यी उडानहरू पहिलो पटक भएका हुन । जम्मा २९७ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।
जनवरीमा कतार आएकी उनी भने बमोजिमको काम नपाए पछी २ महिनामै बेरोजगार तथा खाना विहीन बनेसङै नेपाल फर्कन ठुलो समस्यामा परेकी म्याग्दी रघुगंगा गाउँपालिका वडा न ३ घ्यॉसिखर्ककी मिना छन्त्याल पनि नेपाल एयरलाइन्सको उडान मार्फत स्वदेश प्रस्थान गरेकी छिन ।दुख जिलो गरेर टिकटको जोहो गरेकी छन्त्यालको फिर्तीका लागी मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले विशेष पहल गरेका थिए ।
उनलाई आर्थिक सहयोग तथा उद्धार समितिका तर्फबाट गैऱ्ह आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष मोहम्मद मुक्तदाले काठमान्डुबाट घर सम्म पुग्नका लागी सवारी भाडा समेत उपलब्ध गराएका थिए । मोना कतारको संस्थागत नगद सहयोग ग्रहण गर्न भने छन्त्यालले अस्वीकार गरेकी थिइन । उनले “संस्थाका अध्यक्षको सहयोग नै अमूल्य” रहेको हुदॉ आफू जेनतेन घरसम्म पुग्ने निश्चित भएकोले आफू जस्तै अरू पीडितलाई उक्त रकम सहयोग गर्न अनुरोध गर्दै उनी कतारबाट बिदा भईन ।