मिरा पुन मगर हङकङको नेपाली समुदायको प्रथम महिला प्रहरी हुन सफल भएकोमा एनआरएनए हङकङले शुभकामना तथा बधाई दिएको छ । एनआरएन हङकङ अध्यक्ष टिका गुरुङले पुनलाई बधाई ज्ञापन गर्नुभएको हो ।

पुन ६ महिनाको तालिम समापन पस्चात मिरापुनले हङकङ प्रहरीको वर्दी पहिरिनु भएको छ । मिरा पुन भन्दा अगाडी हङकङमा प्रहरी सेवामा लाग्ने पहिलो नेपाली निरज गुरुङ र दोश्रो कुशल गुरुङले तालिम पुरा गरेर अहिले कार्यरत हुनुहुन्छ।

मिरा पुन मगर नेपालको पुर्खेउली घर म्याग्दी जिल्ला अन्नपूर्ण गाउँ पालिका हुँदै चितवन घर भै हाल हङकङ बसोबास गर्ने बाबा काशी पुन मगर र आमा दिपा पुन मगरको जेठी छोरी हुनुहुन्छ । हङकङमै पढेर यही हुर्केकी मिरा पुन मिस मगर हङकङ २०१३० की बिजेता पनी हो ।