२०७५ जेष्ठ महिनाको ३१ गतेका दिन म्याग्दी उद्योग बाणिन्य संघ पदाधिकारी ,बेनी नगरपालिका प्रमुख,उपप्रमुख तथा वडा अध्यक्षहरु र म लगाएत केहि समाजिक ब्यत्तित्वहरु बिच छलफल गरियो । छलफलमा म्याग्दी प्रवासी नेपाली संघ,स्थानिय तह र निजि क्षेत्र मिलेर सदरमुकाम बेनी देखि बेनीनगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माणमा बारेमा मोना लब्लीहिल पदमार्ग कार्यदलको सुझाब, सल्लाह अनुसार बृहत रुपमा छलफल भयो । सो छलफलमा लब्ली हिललाई पर्यटकिए आर्कषण गन्तब्यको रुपमा बिकास गर्न सकियो भन्ने मोनाको नाम कालान्तर सम्म नाम रहिरहने र म्याग्दी भ्रमण वर्ष २०७५ को प्रवासीको साझेदारी पनि प्रत्यक्ष देखिने हुदा त्रिपक्षिय साझेदारीमा पदमार्ग निर्माण गर्न म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको संयोजकत्वमा ब्यवस्थापन समिति गठन भएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, २ नम्बर वडाका अध्यक्ष हिराबहादुर थापा, ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, ८ का रामकृष्ण बराईली, संघका पदाधीकारी, शान्तिमिलन सामुदायीक वनउपभोक्ता समूहका २ जना पदाधिकारी र मोना आइसीवाट अध्यक्ष र अन्य केहि पदाधीकारी सदस्य रहने गरि समिति गठन भएको छ ।
५१८ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्कि सिढी र दायाँबायाँ रेलीङ सहितको पदमार्ग निर्माण गर्न नगरपालिका ले केहि दिनमा पुर्ण डिपिआर तयार गरिसके पछि लागतको नगरपालिका ले ५० प्रतिशत, मोनाले ४० प्रतिशत र म्याग्दी उद्योग बाणिज्य संघले १० प्रतिशत लगानी गर्ने सम्बन्धमा छलफल भएको छ ।
सो पदमार्ग निमार्ण गर्नको लागि मोनाले आईसी उपाध्यक्ष ओम नारायण जुग्जालीको संयोजकमा छुटै कार्यदल गठन गरि मोनाको भुमिकालाई प्रभाबकारी रुपमा अगाडि बढाई सकेको छ ।