MONA Global Invests

हामी नेपाली हाम्रो देश नेपाल र हामी यस देशका सच्चा नागरिक पेशा, रोजगार, स्थाई बसोवास आदि कारणले वर्तमान समयमा आफ्नो जन्मभुमि भन्दा अलि टाढा छाै । भौगोलीक हिसाबले टाढा भएर पनि भावनात्मक सम्बन्धले निकै नै नजिकै छौ ।
वर्तमान समयमा देशमा राजनैतिक अस्थिरता , अशान्ति , आपसी मतभेद , विनासकारी महाभुकम्प र नाकाबन्दीले अर्थतन्त्र निकै नै नाजुक भैरहेको छ । नया संरचनाहरु बनेका छैनन् भने संचालनमा आएपनि एकाएक बन्द भइरहेका छन तर पनि हामी आम नेपाली तथा प्रवासीहरु केही गर्न सकिरहेका छैनौ । जननी जन्मभूमिश्च स्वर्गद्धपी गरियसी भन्ने उक्ति हाम्रो मनसपटलमा हुदा हुदै केहि गर्छु भन्दापनि देशमा अवसर र वातावरण नभएको कारण ले हामी प्रवासीहरु कुहिरोको काग जस्तै रुमल्लिरहेका छौ । अर्थतन्त्र सुदृढ बनाउने राज्यको मात्र काम नभई हाम्रो पनि दायित्व हो । विश्वका सबैभन्दा बढी अर्थतन्त्र भएको दूई देशको बिचमा रहेर पनि आज सम्म आत्मनिर्भर हुन नसक्नु आफैमा कमजोरीको महशुस हामिले गर्नु पर्दछ ।
आफ्नो जन्मभूमिको प्रमुख चुनौतीहरु हटाउन हामी सर्वप्रथम त सम्पूर्ण प्रवासीहरुले नेपाली पन को प्रमुख भावना मन भित्रदेखि जगाउनु पर्ने हुन्छ । वर्तमान समय भनेको देशभित्र रहेका शक्तिहरुले जे गरे पनि हामीले भने सकरात्मक सोचले जन्मभुमिको आर्थिक बिकासको लागि बिदेशमा आर्जित सिप, ज्ञान र पुँजि परिचालित गरि देशको लोकतान्त्रिक समृद्धको परिकल्पना गरी ऐतिहासिक राजनितीक उपलब्ध पछिको अवस्थामा नेपालीले नै नेपालमा केहि गर्नुपर्छ भन्ने भावना र्शिजित गराउनको लगि सम्पूण म्याग्देलीहरु एकृक्रित भएर लाग्नु पर्दछ । छिमेकीको अर्थतन्त्रबाट फाइदा लिनु भन्दा पनि तिनीहरुलेनै हाम्रो अर्थतन्त्रको शोषण गरिरहेका यथार्थ नर्कान सकिदैन । हामी देशका सच्चा नागरीकले छिमेकी संगको अर्थतन्त्रको फाइदा लिदै देशमा नै प्रशस्त मात्रामा रहेका प्राकृतिक स्रोत उपयोग , साँस्कृतिक सम्पदाको परिचालन , औधोगिक संरचनाको विकास , पर्यटकीय प्रवर्धन , जलविद्युत विकास साथै जडिबुटी तथा पशुपालन र आधुनिक कृषि को लगानी साथै अन्य श्रोतको उचित र प्रभावकारी परिचालन बाट गाउँ , जिल्ला , क्षेत्र हुदै समग्रमा देशको नै समृद्धि गर्ने विश्वासका साथमा मोनाग्लोबल इन्भेष्ट्स कम्पनिको अवधारणा अगाडी बढाइएको हो ।

उद्देश्य

  1. विश्वका विभिन्न मुलुकमा छरिएर रहेका म्याग्देली समुदायलाई मोना ग्लोबल इन्भेष्टस् मा समाहित गरि आपसी सद्भाब, एकता, भाइचारा र ब्यबसायिक सम्बन्ध स्थापित गर्ने ।
  2. विश्वभर छरिएर रहेका स–साना पुँजिलाई संस्थागत तरिकाले एकिकृत गरि इच्छुक ब्यक्ति तथा संस्था मार्फत म्याग्दीमा लगानी गर्ने बातावरण श्रृजना गर्ने, अथवा सस्थागत पहलमा व्यक्तिगत लगानी गर्ने ।
  3. सामाजिक गतिबिधिले मात्र समुदायको आर्थिक समृद्धि असम्भब हुने हुदाँ कम्पनिले समुदायलाई आर्थिक समृद्धि तर्फ उन्मुख बनाउन सामुहिक लगानी मार्फत उत्प्रेरित गर्न नेतृत्वदाही भूमिका निर्बाह गर्ने ।
  4. प्रवासी म्याग्देलीहरु वा म्याग्देली समुदायलाई सामुहिक लगानी गर्ने बानि बसाल्दै ब्यवसायिक बनाउन उत्प्रेरित गर्ने ।
  5. म्याग्दीमा मा अल्पकालीन र दिर्घकालिन लगानीको लागि सम्भाबित क्षेत्रको गहन रुपमा अध्ययन र अनुसन्धान गदै सुरक्षित लगानी क्षेत्र पहिचान गरी सो क्षेत्रमा लगानी गर्ने ।
  6. सामुहिक लगानी मार्फत रोजगारिको श्रृजना गरि आफ्नै समुदायलाई रोजगारीको प्रत्याभुति दिलाउने ।
  7. कम्पनीको हरेक कारोबारको हिसाब किताब पारदर्शी बनाउन सबै शेयर सदस्यले हेर्न र बुझ्न सक्ने गरी ब्यबस्थित लेखा प्रणालिको प्रबन्ध मिलाउने ।
  8. एक पटक लगानी गरेको शेयर सहमतिमा बिक्री गर्न बाहेक फिर्ता गर्न नपाईने ।
  9. प्रत्येक आर्थिक बर्ष समाप्तिको मितिले ३ महिना सम्ममा लाभांश बितरण गर्ने र लाभांश लाई आबस्यकता अनुसार सहमति गरी शेयरमा रुपान्तरण गर्न सकिने ।
  10. कुनै पनि क्षेत्रमा लगानी गर्दा अनिवार्य रुपमा शेयर सदस्यको जिम्मेवारी एबम् नेतृत्वमा मात्र लगानी गरिने ।
  11. आफ्नै समुदाय भित्रबाट प्राबिधिक तथा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक शिपमुलक तालिम, गोष्ठि, सेमिनारको आयोजना गर्ने ।
  12. म्याग्दीमा लगानीको क्षेत्र खास गरेर शिक्षा, स्वास्थ, बित्तिय संस्था, रियलस्टेट, कृषि, पशुपालन, होटल, रेस्टुरेन्ट, गेस्टहाउस, रिसोर्ट, ट्रावल एजेन्सी, जलबिद्युत, खाद्य्य उद्योग लागाएत अन्य क्षेत्रको पहिचान गरि सहमतिको आधारमा लगानी गर्ने ।
  13. कम्पनिमा आवश्यक प्राबिधिक तथा कर्मचारी नियुक्ति गर्दा अपबादमा बाहेक म्याग्दी जिल्ला भित्रको दक्ष जनशक्ति नियुक्त गर्ने ।
  14. आफ्नै प्रत्यक्ष संलग्नता र नाफा मुलक संस्था भएकोले निसंकोच इच्छा अनुसार लगानी गर्न सकिने ।
  15.  कम्पनिमा समाजसेवी, ब्यापारी, ब्यबसायि, उद्योगी, राजनीतिज्ञ, कर्मचारी, बुद्धिजिवी लगायत सबै इच्छुक म्याग्देली समुदायलाई समाहित गरि शसक्त र प्रतिष्ठित अन्तराष्ट्रिय स्तरको संस्थाको रुपमा स्थापित गर्ने ।