म्याग्दी प्रवासी नेपाली संघ (मोना), राष्ट्रिय कार्यकारी समिति जापानले मोनाको ईतिहासमा ऐतिहासिक म्याग्दी मोना फेस्टिवल आगामी अप्रिल २७ र २८ तारिखमा आयोजना गर्ने निर्णय गरेको सन्दर्भमा यस कार्यक्रममा म्याग्दीको कला संस्कृति एवम् समग्र राष्ट्रको परिचय झल्कने हुँदा संसार भर रहनुहुने म्याग्देली तथा गैर म्याग्देली, राष्ट्रिय कार्यकारी समिति, सबै प्रकारका सामाजिक संघ संस्था र सो कार्यक्रमलाई सफल बनाउन आवश्यक पर्ने सरकारी तथा गैर सरकारी संयन्त्रलाई हार्दिक अनुरोध गर्दछौं । यसै सन्दर्भमा सो फेस्टिवललाई सफल बनाउन आ–आफ्नो सामाजिक सञ्जालबाट आवश्यक प्रचार प्रसार गरिदिनुहुन सादर अनुरोध गर्दछौं ।