म्याग्दी २३ बैसाख

म्याग्दी प्रबासी नेपाली संघ ९मोना० र जिल्ला बिकाश समिति म्याग्दीले म्याग्दी जील्लामा नि।शुल्क इन्टरनेट सेवा बिस्तारकालागी हातेमालो गरेर अघि बढ्दैछन् । बिभिन्न शिलशिलामा प्रवासमा रहेका म्याग्देलीहरुको छाता संगठन म्याग्दी प्रबासी नेपाली संघ (मोना)ले यो प्रस्ताव पेस गरी आफ्ना कामहरु सुरु गरिसकेको छ भने जील्ला बिकास समिती म्याग्दी पनि यो अभियानमा लागेको छ ।

बिहिवार म्याग्दी प्रबासी नेपाली संघ ९मोना०ले एक प्रेस बिज्ञप्ती जारी गर्दै सामान्य कामकाज वा जटिल कार्यलाइ छिटो, छरितो र सरल बनाउन को लागि इन्टरनेट प्रबिधि सर्बब्यापी बनाउनु पर्ने र यसैको सिलसिलामा सम्पूर्ण जिल्लामा रहेका सरकारि तथा गैर सरकारी सस्था, शैक्षिक सस्था, सामाजिक सस्था, सूचनाकेन्द्र र सार्बजनी स्थानमा नि।शुल्क इन्टरनेट सेवा प्रदान गर्नको लागि र सम्पूर्ण म्याग्दीबासी जनताको इन्टरनेट प्रबिधिमा पहुच पुर्याउन यो अभियान सुरु गरिएको बताएको छ ।

त्यस्तै जील्ला बिकास समीती म्याग्दीले पनि आफ्नो प्रेस बिज्ञप्तीमा निशुल्क ईन्टरनेट बिस्तारमा आफ्नो योजना र यसका लागि लाग्ने बजेट उल्लेख गरेको छ ।

यस्तो छ दुबै पक्षको प्रेश बिज्ञप्ती

13045513_1075937349111092_292002023_n (1)