बाढीपहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवास अभियानमा खाडी मुलुक कतारमा साढे चार लाख आर्थिक सहयोग जुटेको छ ।
मोना अन्तराष्ट्रियको अभियानमा मोना कतारले पहिलो चरणमा ४ लाख ५० हजार ८३० आर्थिक मोना आईइसीको खातामा जम्मा गरिएको संस्थाका प्रथम उपाध्यक्ष एवम् आर्थिक सहयोग समितिका संयोजक नगेन्द्र फगामीले जानकारी दिनुभयो ।


मोना कतारको आकस्मिक कोषबाट कतारी रियाल २ हजार र थप आर्थिक समितिमार्फत संकलन गरिएको थियो । ‘पीडितहरूको दुखमा मलहम लगाउन मोनामार्फत गरिएको अभियानमा साथ दिने सबैलाई धन्यवाद,‘म्याग्देलीको सुखदुखमा सधै साथमा छौ’ अध्यक्ष तिलु शर्मा पौडेलले भन्नुभयो ।


उहाँले मोना कतारमार्फत पुर्नवास अभियानका साथै विस्थापितलाई राहत उपलब्ध गराउने गरी आवश्यक समन्वय भइरहेको बताउनुभयो ।
मोना अन्तराष्ट्रियका महासचिव विक्रम कार्की, सचिव रमेश पौडेल समेत कतारमा रहेकाले आवश्वयक सहकार्य भइरहेको अध्यक्ष पौडेलको भनाई छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारमार्फत यस अगाडी म्याग्दीमा धेरै सामाजिक एवम् मानवीय सेवामुलक कार्यहरु भइसकेका छन् ।

हरीकृष्ण गौतम मोना कतार संचार संयोजक