म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ९– काउँलेगौंडा निवासी ३३ वर्षीय हिरा कुमारी चोखाल भारतको बाटो प्रयोग गर्दै अवैधानिक तवरले घरेलु कामदारको रुपमा कुवेत पुर्याइएको र सो क्रममा चरम यातना भोगी स्वदेश फर्किनको लागि याचना गरिएकोमा कुवेत स्थित मोना कुवेत, एनआरएनए कुवेत र नेपाली राजदुतावासको संयुक्त प्रयास तथा पहलमा श्री हिरा कुमारी चोखाललाई मिति ०३ डिसेम्बर २०२३ मा नेपाल फिर्ती गराईएको थियो । उहाँको घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै मोना कुवेतका अध्यक्ष र मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको सचिवालयका पदाधिकारीहरुको संयुक्त सहयोगमा नेरु. ३७,०००।- ( अक्षरुपी सैंतीस हजार रुपैयाँ ) संघका संरक्षक श्री सुवास कुमार श्रेष्ठज्यूबाट आज हस्तान्तरण गरियो