सुषमा देवकोटा

कतार २० बैसाख

म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति( मोना ) कतारले आउँदो २७ मे का दिन विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ग्रामीण सञ्चार विकास लागि सहयोगार्थ मुल नाराका साथ गर्न लागीएको गर्न लागिएको उक्त सांस्कृतिक कार्यक्रम कार्यक्रममा लोक गायिका निशा केसी, लोक गायक पुरुषोत्तम गैह्रे र पप तथा आधुनिक गायक गगन पुनको सांगीतीक प्र्रस्तुती रहने छ ।

प्रवासमा बसेर नेपाल र नेपालीको हकहितमा काम गरिरहेको मोना कतारको यो दोस्रो प्रस्तुती हो । गत बर्ष आयोजीत कार्यक्रममा नेपालबाट लोक गायक खड्क गर्बुजालाइ आमन्त्रण गरि गर्बुजाको एकल साझ आयोजना गरिएको थियो ।

किरण शाहीको संयोजनमा हुन लागेको उक्त कार्यक्रम शालिमार प्योलस रेष्टुरेण्ट नज्मा कतारमा २७ मेका दिन विहानको ११ बजे सुरु हुने म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति( मोना ) कतारले जानकारी दिएको छ ।

म्याग्देलिहरुको साझा संस्था (मोना)ले म्याग्दी जिल्लालाई फ़्री वाइफाइ जिल्ला बनाउने अभियान लगाएत म्याग्दी जील्लाको शिक्षा, स्वास्थ्य, लगाएतका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यक्रमबारे थप जानकारीका लागि

किरण शाही -६६५९६६०१
तिलु शर्मा-५५३४७९५७
गणेश श्रेष्ठ -५५९९७६७८
बिक्रम कार्की -६६०१२०१५
लिला चोखाल- ५०१४०७८०