07/04/2016

  • २०७३ असार २० गते १५:४५ मा प्रकाशित

13595412_1133108006783598_1063271916_n

जापानको नागोयामा म्याग्दी प्रवासी नेपाली संघ भएको छ । शिक्षा, रोजगार लगाएत विभिन्न पेशा ब्यवसायमा संलग्न रहेका म्याग्देलीले “हाम्रो म्याग्दी, राम्रो म्याग्दी” जहाँ रहेपनि जिल्लाका लागि जिल्ला बासीहरु एकजुट होऔं भन्ने मूल नाराका आतबार प्रथम क्षेत्रीय भेला सम्पन्न भएको छ ।

मोना जापानका वरिष्ठ उपाध्यक्ष दीपक कार्कीको संयोजकत्वमा र लाङ्घाली समाज नागोया जापानका अध्यक्ष ज्ञान पुनको प्रमुख आतित्थ्यतमा सम्पन्न भएको भेलाले गणेश बहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यीय मोना जापानको क्षेत्रीय कमिटी सर्वसम्मतिले चयन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष अमृत पौडेल, उपाध्यक्ष गणेश सापकोटा, महासचिव भिमबहादुर घर्ती मगर, सचिव टक चोचाङ्गे पुन मगर, सह–सचिव सरस्वति बानियाँ,कोषाध्यक्ष रुपेश चोचाङ्गे मगर, सहकोषाध्यक्ष भावना पुर्जा मगर रहेका छन् । समितिको सदस्यमा विजया रोका मगर, धनकमारी छन्त्याल,विमला पुन, रामबहादुर किसान,जीवन घर्ती मगर,पूर्णबहादुर पुजा, ताराकुमारी छन्त्याल रहेका छन् ।

13595891_1133107990116933_1250866637_n

त्यसैगरी संस्थागत सहित विभिन्न कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न संरक्षकमा दिपक कार्की, सल्लाहकारहरूमा ज्ञान पुन,धनबहादुर शेरपुञ्जा,गम्भीर सिउथानी,टेकप्रसाद रोका र श्रीप्रसाद पुन रहेको कोषाध्यक्ष रुपेश चोचाङ्गे मगरले बेनीअनलाइनलाई बताए । सम्मेलनको अवसरमा मोना जापानका वरिष्ठ उपाध्यक्ष कार्कीले विश्वभर छरिएर रहेका म्याग्देली विचको एकताको आवश्यकता रहेको बताए । उनले प्रवासबाट आफ्नो जन्मभूमिमा हुने हरेक गतिविधिमा सहभागिता जनाउन समेत म्याग्देली विचको सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिए।

प्रथम क्षेत्रीय भेलामा लाङ्घाली समाजका प्रमुख अतिथि ज्ञान पुन मगर र मगर समाज जापानका महा–सचिव धनबहादुर शेरपुञ्जा मगरले म्याग्देलीको एकताबाट जापानमा रहेका अन्य संघसंस्थालाई समेत उर्जा मिलेको बताएका थिए । कार्यक्रममा रुपेश चोचाङ्गे पुन मगर र टक चोचाङ्गे पुन मगरले समेत मन्तब्य राखेका थिए ।

अमृत पोैैडेलको स्वागत मन्तव्य र भिम घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गणेशबहादुर कार्कीले संस्थाको भावी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । कार्यसमितिमा रहेका अधिकांस जिल्लामा हुदाँ समेत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेका अनुभव भएकाले कार्यदिसा अनुसार अगाडी बढ्न सहज हुने अपेक्षा गरिएको छ by myagdionline