मोना साउदीले म्याग्दीका बाढी पहिरोबाट विस्थापितलाई झण्डै साढे दुई लाख आर्थिक सहयोग संकलन गरेको छ । मोना अन्तराष्ट्रियले सञ्चालन गरेको पुर्नवास अभियानमा मोना साउदीका उपाध्यक्ष एवम् आर्थिक संकलनको संयोजक कृष्ण चोाखलमार्फत दुई लाख ४४ हजार १६५ रुपैयाँ मोना आइईसीको खातामा जम्मा गरिएको हो ।

आर्थिक संकलन अभियानमा रोल्पाली अन्तराष्ट्रिय समाज र मगर संघ साउदीले समेत सहयोग गरेको मध्यपुर्व मोना आइइसीका उपसंयोजक एवम् मोना साउदिको बरिष्ठ उपाध्यक्ष सुबोध बरुवालले जानकारी दिनुभयो । मोना साउदीले प्राकृतिक विपत्ती, मानवीय सेवा, सामाजिक अभियानलाई सहज हुने गरी २ हजार साधारण सदस्य बनाउने अभियान समेत सुरु गरेको छ भने नेपाल फिर्तामा समस्या भएका म्याग्देलीलाई चार्टर प्लेनबाट समेत जाने गरी समन्वय गरिरहेको छ ।

यता मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले पुर्नवास अभियानमा खाडी मुलुकमा रहेका म्याग्देलीको सक्रियताले उत्साहित भएको बताउनुभयो । राष्ट्रिय समितिमार्फत एकद्धार प्रणालीबाट सहयोग जुटाएर पुर्नवास अभियान सञ्चालन गरिरहेको जुग्जालीको भनाई छ ।

मोनाले जिल्लाभर विस्थापितको स्थानीय सरकार, सरोकारवाला निकायसँग समन्वय गरी घर बनाउन सघाउने छ । गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम सहित जिल्ला विभिन्न स्थानमा बाढीपहिरोबाट करिब २ सय घरधुरी विस्थापित भएका छन्।

हरिकृष्ण गौतम