हङकङ, २२ बैसाख

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङद्वारा नेपालकी महिला राष्ट्रिय भलिवल खेलाडी अरुणा शाही सम्मानीत भएकी छन् । पिप्ले गाविस -३, म्याग्दीकी शाहीलाई लाई एक ‍औपचारिकका बीच म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सम्मान गरेको हो ।

महिला राष्ट्रिय भलिबल स्पाइकर अरुणा शाहीले स्याङजा जनसेवा समिति हङकङले आयोजना गरेको नवौं स्याङ्जा कप भलिबल प्रतियोगितामा सहभागी हुन हङकङ आएकी थिईन् । उनको सम्मान र भेटघाटको लागी मोनाले कार्यक्रम तय गरेको थियो ।
मोना ,आइसीका प्रमुख संरक्षक प्रकाश पुनको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सम्मानीत भएकी शाहीले आफ्नो खेल जीवनको बारेमा बताउनुका साथै र( मोना) हङकङले आफुलाई सम्मान गरेकोमा खुशि ब्यक्त गरेकी थिईन् ।13096002_10204225645481161_6767297946063503982_n

कार्यक्रममा विशेष अतिथि मोना आइसीका सचिव तथा (मोना) हङकङका संस्थापक अध्यक्ष तुल्मराज रामजाली, अतिथिहरुमा मोना हङकङका सल्लाहकार कर्ण पुन,श्रीसन मल्ल र राजेन्द्र श्रेष्ठ लगाएत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, मोना महिला विभाग र मोना साँस्कृति विभागका पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।

(मोना) हङकङको तर्फबाट अध्यक्ष ईन्द्र एलजी थापामगर,संस्थाको तर्फबाट कोषाध्यक्ष ज्ञानेन्द्र थापाले मोना महिला विभागको तर्फबाट उपप्रमुख रुपा रामजालीले लगाएतले अरुण शाहीलाई उपहार पनि प्रदान गरेका थिए ।