म्याग्दी २१ बैशाख 

म्याग्दीको मुदी गाविस हुँदै धौलागिरी आधार शिवीर जाने पदमार्ग सञ्चालनका लागि निर्माण कार्य सुरु भएको छ । आन्तरीक र बाह्य पर्यटकले समेत रुचाएको यो पदमार्ग निर्माणले धौलागिरी हिमाल आरोहण र धौलागिरी चक्रिय पदमार्गको भ्रमणमा आउने पर्यटक पर्यटकलाई सहज र दृश्यावलोकनको दृष्टिले पनि महत्वपुर्ण हुने, होटल ब्यवसाय फस्टाउनुका साथै उपभोग्य र आरोहण सम्बन्धि सामाग्री ढुवानी गर्न सहज हुने ठहरका साथ पदमार्ग निर्माण कार्य अघि बढाईएको हो ।

२०७२ बैसाख १२ गतेको विनसकारी भुकम्प र पहिरोका कारण यो पदमार्गमा क्षती पुग्दा भत्कीएको बाटो बनाउन यतिबेला दैनिक ५० जना स्थानीय बासिन्दाले श्रमदान गरिरहेका छन् । पदमार्ग निर्माणको कार्य मुदी–नाउरा–बगर हुदै धौलागिरी आधार शिवीर सम्म हुनेछ ।

मुदी पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव चकबहादुर घर्तीका अनुसार यो पदमार्ग निर्माणका लागि जिल्ला विकास समितिले पर्यटकीय गतिबिधीका लागी छुट्याएको २५ लाख रुपैया उपलब्ध गराएको छ ।