3

हिरा बुढाथोकी

दुबई, २२ साउन । संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेस भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली लाई भइपरी आउने समस्यामा उद्दार तथा म्याग्दी जिल्लामा आवस्यक सेवामुलक काममा सहयोग पुर्याउने लक्षका साथ सन २०१४ डिसेम्बर ५ तारिख स्थापना भएको म्याग्दी एकता सेवा समाज युएई शुक्रबार औपचारीक रुपमा मोनामा गाभिएको हो ।

तीन महिना अघी गत जुनमा प्रताब सुबेदीको अध्यक्षतामा म्याग्दी प्रबासी संघ (मोना) युएई गठन भएको समाचार सार्बजनिक भएपछी एउतै लक्ष सहित एउतै देशमा एउतै जिल्लाको दुईवटा संस्था कसरी भन्ने सर्बत्र टिप्पनी भएको थियो ।

2_1

भेलामा नव गठित मोनाका अध्यक्ष प्रताब सुबेदीले आफुहरुलाई पुर्व गठित संस्थाबारे जानकारी नभएकोले म्याग्दी अन्तराष्ट्रीय प्रबासी संघलाई पछ्याउदै मोना गठन गरेको बताएका थिए भने पुर्व गठित एकता सेवा समजका अध्यक्ष सुशिल केसीले आफुहरु सकृय रहदा रहदै पनि प्रचार प्रसारमा भएको कम्जोरीका कारण अवगत हुन नसकेको धाराणा राखेका थिए ।

भेलामा उपस्थित सबैको एक भएर अघी बढ्ने साँझा धराणा बनेपछी पूर्व गठित सेवा समितिका अध्यक्ष मोनाका संरक्षक रहने निर्णय सहित आगामी बैठकले कार्यसमिती पुनर्गठन गर्ने निर्णय भएको थियो ।

कार्यक्रममा गत इदमा आयोजित भलिबल खेलमा सहभागी खेलाडीलाईहरुलाई सम्मान गरिएको थियो । भने भाबी योजना बारे छलफल गरी म्यग्देलीहरुलाई मोनामा आवद्द गराउन पहल गर्दै साधारण वार्षिक र आजिबन गरी तीन तहमा सदस्यता बितरण गर्ने निर्णय समेत भएको थियो ।

1_1

ओम कुमारी शन्ती कोष , म्याग्दी लाई फ्री वाइफाइ जिल्ला बनाउने अभियान लगाएत परोपकारी काममा सहयोग पुर्याउने बिषयमा समेत भेलामा छलफल भएको थियो ।

प्रताब सुबेदीको अध्यक्षतामा बसेको उक्त भेलामा उपाध्यक्ष संरक्षक सहभागीले मन्तब्य राखेका थिए । प्रबिधिको प्रयोग गर्दै समयको सदुपायोग गरेर धेरै कुराको निर्णय गर्न सकिने भन्दै आगामी बैठकको स्थान अनलाईन बैठकबाट तय गर्ने निर्णय सहित कार्यक्रम बिसर्जन भएको थियो । चर्को घामको प्रबाह नगरी भेला भएका म्याग्देलीहरुको उक्त कार्यक्रमको संचालन प्रकाश शर्माले गरेका थिए ।by,myagdionline