नेपाल एक स्वतन्त्र राष्ट्र हो त्यस देशका हामी सच्चा नागरिक पनि हौ । भौगोलीक हिसावले हामी विश्वका महान शक्तिशाली सबल र सक्षम राष्ट्रहरुको बिचमा रहेरपनि विकासको कुनै गति समाउन नसक्नु हाम्रो विडम्वना हो । यसलाई हामीले सहि उपयोग गर्न नसक्नु हामीमा चेतनाको कमी रहेको उदाहरण हो । अवश्य पनि हाम्रा सोचहरु उच्च छन् यी सोचहरुलाई सही ठाउमा उपयोग गर्न जरुरी छ । हामीले हाम्रा प्राकृतिक, सामाजीक ,धार्मीक परिबेषहरुलाई बिश्वसामु पुराउन नसक्नु र लगानीकर्ताहरुलाई ब्यवस्थित बनाउन नसक्नु राष्ट्रिय नेतृत्वको कमजोरी देखिन आउछ । सत्य यो पनि होकि हामी जब सम्म प्रत्यक्ष रुपमा कुनै पनि क्रियाकलापहरु देख्दैनौ तब सम्म हामीमा सो सम्बन्धी ज्ञानको उदय नहुन सक्छ । तर जब हामी प्रत्यक्ष रुपमा ति क्रियाकलाप र समाज भित्र घुल्न पुग्दछौ तब मात्र हामीलाई ति सबै परिदृष्यहरुले चारैतिरबाट देशप्रेमले ओतप्रोत भएको भान हुन्छ अनी मात्र हामी जस्ता देश भक्त नेपालीको आत्मैदेखी मातृभुमिकोलागी केहि गर्नु पर्छ भन्ने सोचहरु प्रस्फुटन हुने गर्दछन । हो हामी जस्ता कयौ देशप्रेमी नेपालीहरु आज कामको खोजीमा संसारका कुनाकुनामा छरिएर रहेको अवस्था सबै माझ र्छलङग छ चाहे त्यो खाडिको मरुभुमिमा होस या यूरोप र अमेरीका जस्ता बिकशित मुलुकमा नै किन नहोस अनेकौ दुख सुख, बिभिन्न कष्ट ब्यबधानको सामना गरेर परिवारिक जिवीकोपार्जन गरिरहेको स्थिति छ, तसर्थ यस्तो यर्थाथ अवश्थामा हामीले  ढिला नगरी मातृभुमिको बिद्यमान अवसर र चुनौतिहरुलाई सहि पहिचान गरि अघि प्रमुख एजेण्डा बनाई देश निर्माण का निम्ति आ–आफ्नो ज्ञान शिप र अनुभवहरुको उपयोग गरि सम्मुनत देश बनाउनु पर्ने अवश्था सिर्जना भैसकेको छ यसको सुरुवाति अवस्था म्याग्दी प्रवासी नेपाली संघ मोनाले गरिरहेको छ ।