पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको म्याग्दी प्रवासी संघ मोना  मुख्य प्रायोजक हुने भएको छ । हाल सम्म महोत्सवको लागि विभिन्न निकायले १६ लाख आर्थिक सहयोग गरेको म्याग्दी उद्योग बाणिज्य संघको कार्यालयले बताएको हो ।


मुख्य प्रायोजकको रुपमा रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले तिन लाख, आईएमई गु्रपले दुई लाख जिल्लाका पाँचवटा गाउँपालिकाले प्रति गाउँपालिका २ लाख, म्याग्दी प्रवासी नेपाली संघ मोना (आइसी)ले ३ लाख, आइएमई गुप्र २ लाख सहयोग गरेको म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सवमा ३ लाख सहयोग गर्ने मोनालाई मुख्य प्रायोजक बनाइएको छ ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।महोत्सवमा चालीस लाख रुपैया बराबरको टिकट बिक्री गर्ने लक्ष्य राखिएका छ । म्याग्दीका पर्यटकीय स्थलहरुको तस्वीर समावेश गरी त्यस स्थानको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने योजना बताइएको छ । महोत्सवमा लोक दोहोरी, पुरुष महिला भलिबल, बास्केटबल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।

महोत्सवको तयारीका बारेमा गाउँपालिकास्तरमा समेत छलफलका साथै उत्पादनलाई स्टलसम्म ल्याउन समेत संघले पहल गरेको छ । जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटकीय र ओझेलमा परेका क्षेत्रको प्रचारप्रसारका साथै लगानी भित्राउन समेत सहयोग महोत्सवको अवलोकन गर्न आउनेलाई नगर तथा गाउँपालिकास्तरसम्म रहेका पर्यटकीयस्थलका बारेमा समेत जानकारी गराउने मुल संयोजक एवम् संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए ।

उद्योग, ब्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गदैं पर्यटन प्रर्वद्धन गरौं’ भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सवमा१ लाख ५० हजार आन्तरिक पर्यटक भित्राउने लक्ष्य राखिएको छ । विभिन्न उपसमिति मार्फत महोत्सवको आर्थिक, प्रचारप्रसार लगाएतको तयारी तिब्र पारिएको महासचिव लिलाराम गौतमले बताए ।