मोना कतारको एघारौ मासिक तथा नियमित बैठक  गत सुक्रबार सम्पन्न भएको छ l दोहामा अबस्थित मुन्तजा पार्कमा बसेको ११ औ बैठकमा बिभिन्न शिर्षक माथि छलफल भएको थियो l उक्त बैठकले आगामी २६ तारिकका दिनमा मोना कतारको वार्षिकोत्सव तथाबिबिध समयमा योगदान दिएका बिबिध व्यक्ति तथा संस्थालाई सम्मान कार्यक्रमको आयोजना गर्ने बिगतको निर्णय अनुरुप तयारीलाई तिब्रता दिने निर्णय गरेको छ l13936621_10154419454883599_674986610_n

बिन मोहमुदमा अबस्थित् सालिमार दरबार रेस्टुरेन्टमा सम्पन्न हुने उक्त कार्यक्रम दिउसो २ बजे बाट सुरु हुनेछ l यसैबिच उक्त अबसरमा  पहिलो पटक मोना कतारले सास्कृतिक बिभाग समेत गठन गरेको छ l जसको संयोजकमा मोना कतारका कार्य समिति सदस्य बबी साही रहनु भएको छ भने सदस्यहरुमा महिला सयोजक सपना पुन र मोहन पौडेल रहेका छन l

समयको मागलाइ मध्यनजर गर्दै साँस्कृतिक बिभाग गठन गरिएको र यसको संयोजकको जिम्मेवारी आफुले पाउदा अति नै खुसि लागेको साहीको भनाइ छ l दोहा कतारमा निकै नै चर्चित खेल मध्यको एक खेल भालिबल पनि रहेको हुदा राजेन्द्र भण्डारीको सयोजकत्वमा ३ सदस्यीय खेलकुद समिति चयन गरिएको छ l  जसमा मिन नेपालि र आकाश रसाइली सदस्य रहेका छन भने आकास रसाइली लाइ टिम कोचको जिम्मेवारी समेत प्रदान गरिएको छ l सचिब राजु पौडेलले संचालन गरेको कार्यकर्मको अध्यक्षता सस्थाका अध्यक्ष गणेस प्रसाद श्रेष्ठले गर्नु भएको थियो  . myagdionline