कोरीया ३० बैसाख

‘लखन थापामगर स्मृती कपको महिला तर्फको उपाधी म्याग्दी प्रवासी संघ (मोना) कोरियाले हात पारेको छ । यो बर्षको पहिलोे भलिवल प्रतियोगीतामा ‘लखन थापामगर स्मृती कपमा सहभागी महिला खेलाडिहरुले सुरुवात देखि नै राम्रो खेलेका थिए ।

म्याग्दी प्रवासी संघ (मोना)का तर्फबाट महिला खेलाडीहरु चित्रा पुन, बिनिता क्षेत्री, रोस्नी केशी, रोजी सेरपुञ्ज, शर्मीला बानियाँ र शुशिला कार्की सहभागी थिए ।

प्रवासमा रहेर पनि खेल क्षेत्रलाई दिएको निरन्तरता र सफलताको लागी खेलाडीहरुलाई म्याग्दी प्रवासी संघ (मोना) कोरियाका पदााधीकारीहरुले बधाई तथा शुभकामना दिएका छन् भने बिजयी खेलाडीहरुले यो जीत संग अझ बढि उत्साह थपीएको बताएका छन् ।

लखन थापा स्मृती कपमा पुरुष तर्फ पनि (मोना)कोरीयाका खेलाडीहरुले भाग लिएका थिए । पुरुष खेलाडीहरुले क्वाटरफाइनल सम्म को यात्रा तय गरे ।

13151422_1297661893581861_2334403110813701100_n