बाढी पहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवासमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय कार्यसमिति जापान नागोयाले झन्ढै ६ लाख आर्थिक सहयोग जुटाएको छ ।
गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम, उत्तरी म्याग्दीको अन्नपूर्ण–३ फगाम लगायत जिल्ला विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नवास अभियान नागोयामा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोना मार्फत ५ लाख ९३ हजार २९६ रुपैयाँ मोना जापानका अध्यक्ष दिपक कार्कीलाई हस्तान्तरण गरिएको छ ।
पूर्ण गर्बुजाको संयोजकत्वमा संकलन गरिएको आर्थिक मोना जापान क्षेत्रीय समिति नागोयाका अध्यक्ष रुपेश चोचाङ्गी र कोषाध्यक्ष राम किसानले हस्तान्तण गर्नुभएको हो ।

सोही अवसरमा मोना जापानका अध्यक्ष कार्कीले उक्त सहयोगलाई मोना अन्तराष्ट्रियको गरिमा विकास बैंकको खातामा जम्मा गरिने बताउनुभयो ।

‘यो हस्तान्तरणले हाम्रो सहकार्यमा नयाँ उर्जा थपिएको छ,‘बाढीपहिरोबाट विस्थापितले छिट्टै घर पाउनेमा आशाबादी छौ‘ कार्कीले भन्नुभयो । सोही अवसरमा क्षेत्रीय समिति नागोयाका अध्यक्ष चोचाङ्गीले आफ्नो गास काटेर म्याग्दीका बाढीपहिरो पीडितलाई सहयोग गरेको बताउनुभयो ।
‘यहाँ सहज भएर होईन्, आफ्नो जिल्लामा घर भत्किदाँ मन दुखेर सहयोग जुटाएका छौ,‘सहयोगले पुर्नवास अभियानमा सहज हुनेमा हामी ढुक्क छौ’ उनले भने । मोना जापानले उक्त सहयोगसँगै टोकियो लगायत विभिन्न सहरमा संकलन भएको अन्य रकमलाई पठाउने गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाइरसको जोखिमले ब्यवसाय र रोजगारीमा समस्या भएपनि म्याग्देली सहित नेपालीले अभियानमा साथ दिएका छन् ।
मोना आपतकालिन राहत कोषमा अहिलेसम्म दुई करोड रुपैयाँ बढी रकम संकलन भइसकेको छ । यता बाढी पहिरोबाट विस्थापितलाई मोनाले विश्वभर रहेका राष्ट्रिय समितिमार्फत एकद्धार प्रणालीबाट सहयोग जुटाएर पुर्नवास अभियान सञ्चालन गरिरहेको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।
मोनाले जिल्लाभर विस्थापितको स्थानीय सरकार, सरोकारवाला निकायसँग समन्वय गरी घर बनाउन सघाउने छ ।

साभार बेनि अनलाइन (benionline.com.np)

मोना क्रोएसियाद्वारा आयोजित निबन्ध लेखन प्रतियोगितामा शंकर चोखाल प्रथम

तिलु शर्मा पौडेल- म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाद्वारा आयोजित निबन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा एक समारोहको आयोजना [...]

मोना अन्तरास्ट्रिय कार्यसिमिति द्वारा हिरा कुमारी चोखाल लाइ सहयोग हस्तान्तरण सम्पन्न

म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ९– काउँलेगौंडा निवासी ३३ वर्षीय हिरा कुमारी चोखाल भारतको बाटो प्रयोग गर्दै अवैधानिक तवरले घरेलु कामदारको रुपमा कुवेत पुर्याइएको [...]

प्रवासी नेपाली संघ, अन्तर्राष्ट्रिय कार्यकारी समिति द्वारा सहयोग हस्तान्तरण सम्पन्न

म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका – ८ कुईनेमंगलेका २६ वर्षीय दिपक छन्त्यालज्यू मलेसियामा उपचारको क्रममा मृत्युवरण गरेको र उहाँको पार्थिव शरिर मिति १२ डिसेम्वर २०२३ [...]

सम्माननीय राष्ट्रपतिज्यूसंग शिस्टाचार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

मिति २७ अक्टुवर २०२३ का दिन म्याग्दी प्रवासी नेपाली संघ, अन्तर्राष्ट्रिय कार्यकारी समितिका नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष ददिवल खड्का (जापान), उपाध्यक्ष ई. नन्द गर्बुजा (युएई), उपाध्यक्ष [...]

जापानमा प्रथम मोना फेस्टिबल हुँदै,फेस्टिबल सफल बनाउन आब्हान

म्याग्दी प्रवासी नेपाली संघ (मोना), राष्ट्रिय कार्यकारी समिति जापानले मोनाको ईतिहासमा ऐतिहासिक म्याग्दी मोना फेस्टिवल आगामी अप्रिल २७ र २८ तारिखमा आयोजना गर्ने निर्णय [...]