म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका – ८ कुईनेमंगलेका २६ वर्षीय दिपक छन्त्यालज्यू मलेसियामा उपचारको क्रममा मृत्युवरण गरेको र उहाँको पार्थिव शरिर मिति १२ डिसेम्वर २०२३ मा नेपाल ल्याई परम्परागत रिति अनुसार अन्तिम संस्कार पनि सम्पन्न भईसकेको जानकारी गराउँदै स्व. दिपक छन्त्यालज्यूको जिवन रक्षार्थ सम्पन्न गरिएको अभियानमा संकलन भएको कुल रकम ने.रु. १,११२,७०३।– (अक्षरुपी एघार लाख बाह्र हजार सात सय तीन रुपैँया मात्र) औपचारिक रुपमा आज स्व. दिपक छन्त्यालज्यूका पूजनिय पिता श्री सङ्गलाल छन्त्यालज्यूलाई मोनाको केन्द्रिय कार्यालयमा संघका संरक्षक एवंम् स्थानिय व्यवस्थापन समितिका संयोजक श्री सुवास कुमार श्रेष्ठज्यू, स्थानिय व्यवस्थापन समितिका सदस्यहरु श्री दिनेश के.सीज्यू र श्री सुमन बानियाँज्यूको रोहवरमा हस्तान्तरण गरियो । यो अभियान सम्पन्न गर्न अहोरात्र खटिनु हुने संयोजक श्री सचिन श्रेष्ठज्यू, सदस्य श्री हिक्मत श्रेष्ठज्यू तथा सदस्य श्री पूर्ण रोका मगरज्यूलाई मोना आईईसी परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।
अन्तमा यस अभियानमा आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगी दाताहरुलाई मोना परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
Leave A Comment