म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले कोरोनाको फ्रन्टलाइनमा जोखिम मोलेर फ्रन्ट लाइनमा दैनिक खटिने म्याग्दीका विभिन्न निकायलाई केएफ–९४ मास्क १ हजार थान र ७० वटा थर्मलगन सहयोग गरेको छ ।
गैरआवासीय म्याग्देलीको साझा संस्था मोना आइइसीले मंगलबार बेनीमा आयोजित कार्यक्रममा जिल्लामा रहेका ६ वटा स्थानीय तहलाई ६ सय थान मास्क र बाँकी अन्य संघसंस्थालाई वितरण गरिएको थियो ।


मोनाको सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओमनारायण जुग्जालीले बेनी नगरपालिका बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी र स्वास्थ्य संयोजक लिला र्गौतमलाई १२ थर्मल गन, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनलाई ११ थान थर्मल गन हस्तान्तरण गर्नुभएको थियो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरलाई १ सय थान मास्क, २ थर्मल गन,बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाललाई १ सय मास्क, १ थर्मल गन र प्रजिअ उमाकान्त अधिकारीमार्फत प्रशासनलाई १ थर्मल गर्न सहयोग गरिएको निर्वतमान अध्यक्ष एवम् प्रमुख संरक्षक चक्रबहादुर थापाले बताउनुभयो ।


सहयोाग हस्तान्तरण कार्यक्रममा अध्यक्ष जुग्जालीले रघुगंगामा १ सय थान मास्क, १५ थर्मल गर्न, धवलागिरीमा १ सय मास्क र १३ थर्मल गन, मालिका १ सय मास्क र ७ थर्मल गन र मंगलामा १ सय मास्क र ७ थान थर्मल गन र म्याग्दीका क्रियासिल पत्रकारलाई समेत मास्कहस्तान्तरण गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले स्थानीय तहलाई दिइएको मास्क स्वास्थ्यकर्मी र थर्मल गन स्वास्थ्य चौकीलाई उपलब्ध गराउन समेत अनुरोध गर्नुभएको छ ।
सहयोग हस्तान्तरणमा बेनी नगरका मेयर श्रेष्ठ, अन्नपूर्णका अध्यक्ष पुन, बेनी अस्पतालका अध्यक्ष कटुवाल, प्रहरी कार्यालयका प्रनाउ कुँवरले मन्तब्य राख्नुभएको थियो ।


कार्यक्रमको सञ्चालन मोनाका प्रमुख संरक्षक थापाले गर्नुभएको थियो । मोनाका अध्यक्ष जुग्जाली सहितको टोली पुर्नवास अभियानका बारेमा जिल्लाका ६ वटै स्थानीय तहको स्थलगत अनुगमनमा जुटेको छ । मोनाले उपलब्ध गराएको मास्क अमेरिकी एन–९५ को कोरियाली संस्करण हो ।