१४ सेप्टेम्बर २०१८ शुक्रबार कुवेत

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी जिल्ला मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल को लागि आर्थिक सहयोग संकलन अभियान चलाएर १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया ५,०५,२१० ( पाँच लाख पाँच हजार दुई सय दस रुपैया ) सहयोग संकलन गरेको जानकारी संस्थाका महासचिब चन्द्र विश्वाकर्माले दिनु भएको छ।

कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोना कुवेतले दुबै मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि ३१, अगस्ट २०१८ देखि दिपक छन्त्यालको संयोजकत्वमा आर्थिक संकलन अभियान शुरु गरेको थियो । हिजो १४ सेप्टेम्बर शुक्रबारको दिन जिलिबको पपिन्स हलमा एक कार्यक्रम गरि अभियान संयोजक दिपक छन्त्यालले अभियानमा संकलन गरिएको उक्त रकम सस्थाका काेषाध्यक्ष कृष्ण खड्कालाई बुझाउदै अभियान बन्द गरेको जानकारी दिनु भएको थियो । सम्पुर्ण सहयोगी दाताहरुको नामावली र रकमको विवरण पत्रकार तथा मोना कुवेतका तदर्थ समितीका महासचिव चन्द्र बिश्वकर्मा लाई बुझाइएको छ । केही दिनमै सस्थाका संयोजक प्रेम बहादुर बिश्वकर्मा र काेषाध्यक्ष कृष्ण प्रसाद खड्का नेपाल गएर उक्त रकम ओमकुमारी शान्ति कोष मार्फत हस्तान्तरण गर्ने बताइएको छ ।

केहि समय पहिले देखि दुवै मृगौलाले काम गर्न नसकेर थलिएका सुरेशको उपचारको लागि आर्थिक अभाब भएपछी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सुरेश बचाउ अभियान संचालन गरी देश बिदेशमा रहेका म्याग्देली एबम संघसस्थाहरुलाई सहयोगको लागि अनुरोध गरेको थियो । भर्खर १९ वर्षका सुरेश को घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा स्वदेश तथा बिदेशमा आर्थिक संकलन भइरहेको छ ।

मोना कुवेतले चलाएको यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नैतिक, भौतिक र आर्थिक सहयोग गर्ने सम्पुर्ण सहयोगी महानुभावलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले धेरै – धेरै धन्यवाद प्रकट गर्दछ साथै शुक्रबार देखि यस अभियानलाई बन्द गरिएकोले कसैले पनि मोना कुवेत को तर्फबाट सहयोग संकलन नगरिदिनको लागि पनि अनुरोध गरिएको छ ।

मोना आईइसी – मोना कुवेतले गरेको यस महान मानबिय कार्यको लागि हार्दिक धन्यवाद दिन चाहन्छौ ।