म्याग्दी प्रवासी नेपाली संघ (मोना) को चौथो साधारण सभा आगामी अक्टुबर २१ र २२ तारिक पोर्चुगलको लिस्बोनमा आयोजना गरिने भएको छ । साधारण सभालाई सफलता पूर्वक आयोजना गर्नको लागि मोना आईइसी का उपाध्यक्ष योग कुमार फगामी को संयोजकत्वमा साधारण सभा मुल आयोजक समिती गठन गरिएको छ र उक्त समितीलाई मोना पोर्चुगलले पूर्ण रुपमा सहयोग गर्ने छ ।

साधारण सभामा मोना का सम्पूर्ण राष्ट्रिय समितीहरु बाट म्याग्देलीहरुको उल्लेखनिय उपस्थिती रहने आसा गरिएको छ यसका लागि क्षेत्रिय संयोजकहरु र राष्ट्रिय समितीहरु संग छलफल गरिरहेको आयोजक मुल समितिका संयोजक योग कुमार फगामी ज्युले जानकारी गराउनु भएको छ । साधारण सभाको लागि मध्यपुर्ब, एसिया प्यासिफिक, युरोपका देशहरु बाट प्रतिनिधिहरु ले सहभागिता जनाउने अपेक्षा गरिएको साथै आगामी बर्षहरुमा समय सापेक्ष मोना गठन भएका अन्य मुलुकहरुमा साधारण सभा गरिने मोना अन्तराष्ट्रिय कार्यसमितीका अध्यक्ष चक्र बहादुर थापाले जानकारी गराउनु भएको छ ।

साधारण सभामा जिल्लाबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु, मन्त्रीहरु प्रदेश सभाका संसदहरु, उध्योग बाणिज्य संघका पदाधिकारीहरु, जिल्लामा सामाजिक ब्यक्तित्वहरु, राष्ट्रिय जिबनमा ख्यातिप्राप्त बुद्दिजिबीहरु एबम जिल्लाका पत्रकार तथा कलाकारहरु लाई अतिथीको रुपमा निमन्त्रणा गरिने छ ।

संपर्कको लागि : योग कुमार फगामी
उपाध्यक्ष तथा कार्यक्रम संयोजक
ईमेल :yog6798phagami@yahoo.com