बेनी । म्याग्दी प्रवासी नेपाली संघ,राष्ट्रिय कार्यकारी समिति दक्षिण कोरीयाले म्याग्दीका बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास ,पुनस्र्थापना तथा राहत व्यबस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रमा पीडित परिवारलाई राहत ,पुर्नवास तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्धेश्यले म्याग्दी प्रवासी नेपाली संघ (मोना आइईसी)ले स्थापना गरेको मोना आपतकालिन राहत कोषमा मोना दक्षिण कोरियाले ६ लाख रुपैयाँ सहयोग गरेको हो ।

सो रकम मोना दक्षिण कोरियाका अध्यक्ष सुनेश केसीका दाजु दिनेश केसीले आइतबार बेनी स्थित मोना कार्यालयमा मोनाका निवर्तमान अध्यक्ष चक्रबहादुर थापालाई एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभएको हो । सो हस्तान्तरण कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल ,परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र मोना आइईसीका संरक्षक सुवास कुमार श्रेष्ठको उपस्थिती रहेका कार्यालय प्रमुख स्तुती सुवेदी श्रेष्ठले बताउनुभयो ।

मोना आपतकालिन राहत कोषमा अहिलेसम्म दुई करोड रुपैयाँ बढी रकम संकलन भएको मोनाले जनाएको छ । कोषमा जम्मा भएको सोे रकम सम्बन्धित स्थानीय तहसंग समन्वय गरी बाढी पहिरोबाट विस्थापीत परिवारको पुर्नवास तथा पुनस्र्थापनामा सहयोग गरीने निवर्तमान अध्यक्ष थापाले बताउनुभयो । प्रवासमा रहेका म्याग्दीवासीहरुले विपद व्यवस्थापन ,स्वास्थ्य ,शिक्षा, मानविय लगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेका छन् ।

बाढी पहिरोबाट म्याग्दीका मराङ,बिम,ताकम ,धारापानी ,काफलडाडा,देविस्थान ,निस्कोट,अर्मन ,फगाम,काभे्र ,तितर ,महभिर ,पात्लेखेत, कुइनेमंगलेको दुवाडी धार,खरिबोट ,छरी ,पात्लेखर्क लगायत क्षेत्रमा सवा एक सय बढी घर भत्किएका छन् भने सयौं परिवार विस्थापित भएका छन् । विस्थापित परिवार स्थानीय तह ,विभिन्न संघसंस्थाको सहयोग तथा आफन्त र छिमेकीकोमा शरण लिएर बसेका छन् ।

मोना आईईसीका अध्यक्ष ओमनारायण जुग्जालीले जिल्लामा बाढी पहिरोबाट तत्काल राहत उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले बाढी पहिरोबाट प्रभावित क्षेत्रमा सम्बन्धित स्थानीय तहको समन्वयमा राहत ,पुर्नवास तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्धेश्यले प्रवासमा रहेका म्याग्दीलीहरुबाट आर्थिक सहयोग रकम संकलन जारी रहेको बताउनुभयो ।

साभार म्याग्दी न्युज बाट