असोज १ गते बेनी म्याग्दी

दुई वटै मृगौला खराब भएका जिल्लाको मंगला गाउपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारको लागि आर्थिक अभाव भएपछी परोपकारी संस्था ओम कुमारी शान्ती कोष मार्फत सुरु गरिएको सुरेश बचाउ अभियानलाई म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती युएई (MONA-UAE) ले १ लाख ७० हजार ५० रुपैया आर्थिक सहयोग गरेको छ । सोमबार ओम कुमारी सान्ती कोष को कार्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा मोना युएई का सदस्य लोकेन्द्र केसी ले बिरामी सुरेशकी आमा सिता पाइजा र कोषका अध्यक्ष राजेश शाक्य लाई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।

रोजगारिको शिलसिलामा युएई पुगेका म्याग्देलीहरु को सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती युएई (मोना युएई)मा बिरामीकी नातेदार तथा संस्थाको कार्यसमिति सदस्य पार्वती अर्मजाले सुरेश को अार्थिक अवस्था दयनिय भएको र उपचारको लागि आर्थिक सहयोग अभियान चलाऊन लिखित निबेदन पेश गरेपछी समिती को निर्णय ले सुरेश बचाउ आर्थिक संकलन अभियान सन्चालन गरी रकम संकलन गरिएको थियो ।