Project Description

म्याग्दी जिल्लामा प्रचुर सम्भावना जस्तै धार्मिक पर्यटकिय क्षेत्र, तातोपानि कुण्डको स्तर बृर्दि, पर्यटन प्रर्बद्धन, जडिबुटि उत्पादन तथा पैठारी, आधुनिक कृर्षि, बैज्ञानिक पशुपालन र हाइड्रोपावर लाई आर्थिक बिकासको रुपमा बिकसित गर्न सकिने छ । प्रवासी म्याग्देलीहरुको साझा संस्था मोनाका बिश्वभरिका सदस्य मार्फत सामुहिक लगानी मा यो कम्पनि सुरु गरिने हुदा आफ्नो मोना एनआइसी संग छलफलगरि वा ब्यक्तिगत रुपमा कम्पनिलाई कसरी लैजादा प्रभावकारी हुन्छ आफ्नो बिचार पनि राखिदिनुहुन सबै प्रवासी म्याग्देलीहरुलाई आवहान गर्दछु । प्रत्येक सदस्य बाट संकलित पूँजि लाई एकक्रित गरि निजि क्षेत्रको एक नाफा मुलक संस्थाको रुपमा बिकसित गराउदै जिल्लाको  समृद्ध बिकासको लागि उदारणिय बन्न सकिने छ । जलबिद्युत, कृषि, पर्यटन, सुचना तथा संचार र ग्रमिण बिकासको पूर्वाधारहरु जस्तै अन्य रोजगार मुलक  क्षेत्रमा लगानी गरि जिल्ला भित्रका यूवा जनशक्तिलाई सहि मार्गनिर्देशनका साथ रोजगारि श्रृजना गदै यस कम्पनि मार्फत नाफा आर्जन गर्न सकिने छ यसले गर्दा कम्पनि नाफा मुखि मात्र नभएर जिल्लाको सर्ववाङ्गी बिकासमा कोषेढुङ्गगा साबित पनि हुने बिश्वास  छ ।