म्याग्दी, १८ साउन ।  बैदेशिक रोजगार तथा ब्यवसायमा वा बिविध कारण डेनमार्क र स्विडेनमा प्रवासी जिवन बिताइरहेका म्याग्देलीहरुको एक भेलाले म्याग्दी प्रवासी नेपाIMG_0867ली संघ(मोना) राष्ट्रिय कार्य समिति गठन गरेको छ।

म्याग्दी जिल्लाको बृहत्तर बिकासमा कटि बद्ध रहेर को मोनालार्इ विश्व ब्यापी गराउने उहेश्य का साथ यूरोप भ्रमणमा रहनुभएका मोना आइसीका अध्यक्ष योगेन्द्र क्षेत्रीका ेरोहोवरमा म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्य समिति डेनमार्क र स्विडेन गठन गरिएको हो।

न्ब गठित मोना डेनमार्कका संयोजकमा बिनोद थापा, सचिबमा शिब बोगटि, सदस्यमा रिमा सेनमल्ल, चित्र पुर्जा र कविर छन्त्याल चयन हुनुभएको छ । सल्लाकारमा कृष्ण पौडेल र लक्षमण घिमीरे रहनुभएको छ भने अन्य कार्य समितिलाई आगामी बैठकमा पूर्णता दिइने बताइएको छ । यसै क्रममा संयोजक थापाले मोना आइसीसंग समन्वय गर्दै जिल्लाको आर्थिक र सामाजिक बिकासमा एकबद्धता जनाउन मोना गठन गरिएको बताउनुभयो।

जुलाई ३० तारिका गठित मोना राष्ट्रिय कार्य समिति स्विडेनका संयोजक प्रदिप सापकोटाले सम्पूर्ण प्रवासीहरु मिलेर नै जिल्लाको बिकास हुने बिश्वास ब्यक्त गर्दै निकट दिनमा स्विडेनमा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई मोनामा समाहित गर्दै कार्य समितिलाई पूर्णता दिने जानकारी गराउनुभयो ।IMG_0859

सोहि कार्यक्रममा मोना आइसी अध्यक्ष योगेन्द्र क्षेत्रीले नव गठित संस्थालाई शुभकामना दिनुहुदै सशक्त र सक्रिय हुदै जानेमा आफु लगाएत आइसी टिम विश्वस्त रहेको बताउनुभयो । उहाँले एक थुकि सुकि सयौ थुकी नदी भने झै छरिएर रहेका म्याग्देलीहरुको ज्ञान, सिप र पुजीँवाट समृद्ध र बिकासमा उत्कृष्ट जिल्ला बनाउने मोनाको चाहाना रहेको स्पष्ट पार्नुभयो।

पछिल्लो समयमा म्याग्दी प्रवासी नेपाली संघ(मोना) म्याग्दी जिल्लाको बृहत्तर विकासमा रचनात्मक कार्य गर्दै आफ्नो संगठन बिस्तारलाई तिब्रता दिएको छ । यसै सन्र्दभमा आगामी महिनाको अन्त्यसम्ममा यूरोप, एसिया, मध्य पूर्ब अमेरिका लगाएत अन्य बाँकी देशमा पनि मोना गठन गरिने अभियानमा रहेको मोना आइसिका कोषाध्यक्ष चक्रबहादुर थापाले जानकारी गराउनुभयो।