बिक्रम कार्की कतार

बाढी पहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवासमा म्याग्दी प्रवासी नेपाली संघ मोना मोना युएईले पाँच लाख अठहत्तर हजार चार सय बीस रुपैयाँ (५,७८,४२०/-) आर्थिक सहयोग जुटाएको छ । गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम, उत्तरी म्याग्दीको अन्नपूर्ण–३ फगाम लगायत जिल्ला विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नवास अभियानमा युएईमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोना युएई मार्फत पाँच लाख अठहत्तर हजार चार सय बीस रुपैयाँ (५,७८,४२०/-)  मोना अन्तराष्ट्रियको गरिमा विकास बैंकको खातामा जम्मा गरियको मोना युएईका महासचिब सुबास राम्जालीले  जानकारी गराउनु भयो।

सोहि अवसरमा मोना युएईका अध्यक्ष रुद्र रोक ज्यु ले सम्पूर्ण सहयोगी सहयोगी दाताहरुलाइ धन्यबाद व्यक्त गर्दै आगामी दिनमा पनि यसरि नै सहकार्य गरिदिनु हुन अनुरोध गर्नु भयो।
यस अभियानका संयोजक समेत रहनु भयका मोना युएईका प्रथम उपाध्यक्ष बिक्रम अधिकारि ज्युले यस अभियानमा म्याग्देली लगायत बिदेशी ले पनि खुलेर सहयोग गर्नु भयको र छिटै नै बिस्थापित घरहरु निर्माण गरि पिडितलाइ नया घरमा बस्ने बातावरण मिलाउन आग्रह गर्दै यस अभियानमा सहयोग गर्नुहुने सम्पुणमा हार्दिक आभार सहित धन्यबाद व्यक्त गर्दै आगामी दिनमा पनि यसरि नै सहकार्य गरिदिनु हुन अनुरोध गर्नुभयो।


कोरोना भाइरसको जोखिमले ब्यवसाय र रोजगारीमा समस्या भएपनि म्याग्देली सहित नेपालीले अभियानमा साथ दिएका छन् ।
मोना आपतकालिन राहत कोषमा अहिलेसम्म लगभग ५० लाख रुपैयाँ जम्मा भैसकेको र बोलकबोल गरियको बाकी रकम जम्मा गर्ने क्रम जारी रहेको मोना अन्तराष्ट्रियका कोषाध्यक्ष मुक्ति रोकाले जानकारी दिनु भएको छ । यता बाढी पहिरोबाट विस्थापितलाई मोनाले विश्वभर रहेका राष्ट्रिय समितिमार्फत एकद्धार प्रणालीबाट सहयोग जुटाएर पुर्नवास अभियान सञ्चालन गरिरहेको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।

मोनाले जिल्लाभर विस्थापितको स्थानीय सरकार, सरोकारवाला निकायसँग समन्वय गरी घर बनाउन सघाउने छ ।