gy

म्याग्दी, ३० साउन । बिभिन्न कामको सिलसिलामा न्यूजिल्याण्ड मा रहेका म्याग्देलीहरु संगठित हुने क्रम जारी रहेको छ । सोही क्रममा न्यूजिल्याण्डको टिपुकिमा प्रवासी म्याग्देलीहरुको एक भेलाले गमबहादुर छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमिति न्यूजिल्याण्डगठन गरेको छ । मोना आइसीका कोषाध्यक्ष चक्रबहादुर थापाको उपस्थितिमा समाजसेवी भुपेन्द्र बानियाँको अध्यक्षतामा सम्पन्न भेलाले मोना न्युजिल्याण्ड गठन गरेको हो ।

नव गठित मोना न्यूजिल्याण्डका कार्य समितिको संयोजकमा गमबहादुर छन्त्याल, सचिवमा सन्तोष थापा, कोषाध्यक्षमा सुनिता बज्राचार्य सदस्यमा दिनेश कार्की, कुमार छन्त्याल,बेलकुमारी पुन, कुमार खत्री, लक्ष्मी जि सि र युवा तथ ाबिद्यार्थी परिचालन संयोजकमा रिकेश शेरचन चयनहुनु भएको छ । त्यसै गरि सल्लाहकारमा नारायण शेरचन, लालबहादुर केसी र लोकनाथ पौडेल मनोनित हुनुभएको छ ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ आइसीका सदस्य लेखनाथ पौडेल, नेप्लीज सोसाइटि पूर्व अध्यक्ष लालबहादुर के सी र नारायण शेरचनले म्याग्दीको आर्थिक विकासबाट समृद्ध बनाउन हरेक क्षेत्रमा लगानी भित्राउने गरि पहल गर्ने बताउदै प्रवासी म्याग्दीहरु एकबद्ध भएर जिल्लाको विकासमा सक्रिय भुमिका खेल्नु पर्ने समय आएको बताउनु भयो ।

नव नियुक्त संयोजक छन्त्यालले मोना आइसीसंग समन्वयगर्दै जिल्लाको आर्थिक र सामाजिक बिकासमा एकबद्धता जनाउन मोना गठन गरिएको बताउनु भयो । उहाँले सम्पूर्ण प्रवासीहरु मिलेर नै जिल्लाको बिकास सम्भव हुने विश्वास ब्यक्त गर्दै निकट दिनमा न्युजिल्याण्डमामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई मोनामा समाहित गर्ने बताउनु भयो ।

कार्यक्रमा मोना आइसी कोषाध्यक्ष चक्रबहादुर थापाले नव गठित संस्थालाई शुभकामना दिनु हुदै मोना गठनले आफु अत्यान्त खुसि भएकोले संस्था सशक्त र सक्रियहुदै जानेमा आइसी टिम विश्वस्त रहेको बताउनुभयो ।“बिश्वका बिभिन्न देशवाट उत्साहजनक रुपमा बिभिन्न सामाजिक संस्था तथा ब्यक्तिहरु मोनामा आवद्ध र रुपान्तरित हुने कार्यले तिब्रता पाइरहेको छ, अव छिटै नै अमेरिका लगाएत यूरोप, एसिया, मध्यपुर्वका मुलुकमा समेत मोना गठन गरिने तयारीमा रहेको छौ” उहाँले भन्नु भयो ।

गत बर्षमा सम्पन्न प्रथम अधिबेसन पश्चात मोनाले बिभिन्न सामजिक कार्यका साथ जिल्लाको आर्थिक र समाजिक पक्षमा उल्लेखनिय कार्य गर्दे मोनालाई बिश्वब्यापी गराउने उहेश्यले संजाल बिस्तारमा तिब्रता पाएको छ । जिल्लाको बहु आसातित ग्रामीण भेगमा इन्टरनेटको पहुँच पुर्‍याउने परियोजनामा समेत मोनाले आर्थिक संकलनमा नेत्तृत्वदायि भुमिका खेली उच्च प्राथमिकताका साथ आर्थिक संकलन पनि गरिरहेको छ ।