म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो अधिवेशन पश्चिम म्याग्दीको दरवाङमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था समेत रहेको मोना आइसीको अधिवेशन आगामी असोज 22 देखी 24 गतेसम्म मालिका गाउँपालिकाको केन्द्र दरवाङमा हुने मोना अन्तराष्ट्रियका कोषाध्यक्ष चक्र बहादुर थापाले बेनीअनलाइनलाई बताए ।

‘महाधिवेशनलाई सदरमुकाम बाहिर संचालन गर्ने निर्णय भएको छ ।विश्वभरबाट मोनामा आवद्ध रहनुभएका म्याग्देलीको उपस्थिति हुन्छ’ थापाले भने । पहिलो दिन उद्घाटन, अतिथि स्वागत लगाएतका कार्यक्रमहरु हुने, दोस्रो दिन बन्दसत्र सहित मनोरञ्जनात्मक गतिविधि र तेस्रो दिन नयाँ पदाधिकारीहरुको सपथ सहितका कार्यहरु हुने अध्यक्ष योगेन क्षेत्रीले बताए।

महाधिवेशनका लागि मालिका गाउँपालिकाबाट समेत आवश्यक सहयोगको प्रतिबद्धता जनाइएको छ ।मुलआयोजक समिति, सचिवालय, प्रचारप्रसार, आर्थिक, अतिथि लगाएतका उपसमितिको तयारी समेत गरिएको छ । विश्वभर रहेका मोनाबाट प्रतिनिधिहरु सम्पर्कमा आउने क्रम जारी छ। स्थानीय तहका निर्वाचित वडा सदस्य, अध्यक्ष, प्रमुख उपप्रमुख, राजनीतिक दल, विभिन्न सरकारी निकायबाट समेत सहभागिता रहने छ । महाधिवेशनको स्थान र मिति तय संगै आवश्यक तयारी सुरु भएको मोनाले जनाएको छ । बेनी अनलाईन वाट