बैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेका मंगला गाउपालिका ५ छिस्बाङका थम बहादुर थापाको दुर्घटनामा परो मृत्‍यु भएको थियो । मोना कोरियामा सकृय रहेका थापाको काम गर्ने कम्पनीमा दुर्घटना परी ज्यान गएपछी परिवारलाई आर्थिक सहयोग गर्नको लागि अध्यक्ष किसान सेन्चुरी र ज्ञानु केसी को पहलमा आर्थिक संकलन अभियान सन्चालन गरिएको थियो ।उक्त अभियानमा संकलन भएको २ लाख ६५ हजार रुपैया थापाका बुवालाई एक कार्यक्रममा मंगला गाउपालिकाका अध्यक्ष सत प्रसाद रोका को माध्यम बाट हस्तान्तरण गरिएको थियो ।

म्याग्दी प्रवासी नेपाली संघ मृतक थापाको अत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तब्ध परिवारमा हार्दिक समबेदना प्रकट गर्दछ साथै यस महान कार्यमा सहयोग पुराउनुहुने सम्पूर्ण सहयोगीहरु लाई नमन गर्दै मोना दक्षिण कोरियालाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।