(हरिकृष्ण गौतम)
जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न म्याग्दी प्रवासी नेपाली संघ र नेपाल लाईबे्रेरी फाउण्डेशन नेपाल विच सम्झौता भएको छ । जिल्लाका सामुदायिक र क्याम्पसमा निशुल्क विद्युतीय पुस्तकालय संचालन गर्ने सम्झौतामा गैरआवासीय नेपाली संघ ई– लाईब्रेरी कार्यदलका प्रमुख तथा मोना आइसीका बरिष्ठ उपाध्यक्ष विनाद कुँवरको विषेश उपस्थितीमा मोना आइसीका कोषाध्यक्ष चक्र बहादुर थापा र नेपाल लाईबे्ररी फाउण्डेशनका महासचिव तथा कार्यक्रम संयोजक धन बहादुर श्रेष्ट विच हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा एनआरएनए लाईबे्ररी कार्यदलसंग हातेमालो गर्ने गरी प्राविधिक सहयोग लाईब्रेरी फाउण्डेसन र अन्य ब्यवस्थापन मोनाले गर्ने गरी पुस्तकालयलाई आवश्यक पर्ने डिभाइस बक्स सम्बन्धित विद्यालयले खरिद गर्ने सम्झौता भएको मोना आइसीका कोषाध्यक्ष थापाले बताए । ‘म्याग्दीको शैक्षिक क्षेत्रमा यो सम्झौता कोशेढुंगा सावित हुने छ । आधुनिक पुस्तकालयले विद्यार्थी, शिक्षक देखी समाजलाई नै फाईदा पुग्छ’ थापाले भने । पुस्तकालयका बारेमा सदरमुकाम बेनीमा विद्यालय र शिक्षा संग सरोकार राख्ने निकाय विच भेला गरी महत्वका बारेमा थप प्रष्ट पारिने समेत उनले बताए ।
15492286_1179416875474458_1372210845961356614_n
सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थीको इन्टरनेट सहित कम्प्यूटरको प्रयोगमा कम चासो जाने गरेको अवस्थामा माध्यामिक तहका विद्यालयमा अफलाइनको माध्यमबाट सहजै अध्ययन गर्न सकिने पुस्तकालय स्थापनाको अभियानमा मोना आइसीले विगतदेखीनै सक्रियता देखाएको थियो । पुस्तकालयमा ८ हजार पुस्तक, अडियो, भिडियो, सामुदायिक विद्यालयका निमावी तहका पाठ्यक्रम,सीप र ज्ञानमुलक, ब्यवहारिक सहित शिक्षक देखी अभिभावकसम्मलाई लक्षित गरेका पुस्तकहरू कम्यूटरको माध्यमबाट विना इन्टरनेट समेत डाउनलोड गरेर पढ्न सकिन्छ ।

विद्यालयले आवश्यक कम्प्यूटर, कोठा सहित ब्यवस्थापन गरेमा प्रति विद्यालय १ लाख ५० हजारमा जडान गर्न सकिन्छ ।ज्ञान,भाषाको विकास, आफै सिक्ने क्षमता, पढ्ने बानी र ब्यक्तित्व विकासमा समेत पुस्तकालयलाई पुरक विद्यालयका रुपमा चिनिन्छ । जिल्लामा ई– पुस्तकालय स्थापना गर्न मोना आइसी सहित विभिन्न निकायबाट सहयोगको प्रतिबद्धता समेत जनाइएको छ । म्याग्दीमा रुम टु रिड नेपाल मार्फत ९९ विद्यालयमा पुस्तकालय स्थापना भइसकेको छ ।