म्याग्दी २१ बैसाख

जलविद्युतको पर्याप्त सम्भावना रहेको म्याग्दी जिल्लाको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको छ । धौलागिरी कालीका हाईड्रो लिमिटेड र स्थानीय बासीन्दाले गठन गरेको म्याग्दीखोला जलउपयोग सरोकार समिति र स्थानीय बासीन्दाको लगानीमा २५ मेघावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको हो ।

कालिका हाइड्रो लिमिटेड र म्याग्दीखोला जलउपयोग सरोकार समीती बिच केहि समय अघि देखी मतभेत देखिंदा रोकीएको आयोजना दुबै पक्ष सममतीमा आएपछि अघि बढ्ने भएको हो । म्याग्दीखोला जलउपयोग सरोकार समीती र कालिका हाइड्रो लिमिटेडबिच देखिएको मतभेदले चर्को रुप लिंदा उक्त आयोजनाबारे सम्बन्धीत बिभन्न निकायमा निबेदन समेत परेको थियो ।

यो बिषयमा बृहत छलफल गरी दुबै पक्ष सहमतीमा आएपछि विभिन्न निकायमा परेका उजुरीहरु फिर्ता लिने सहमतीका साथ आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको छ । जसमा स्थानीयको समेत लगानी रहने निर्णय भएको छ ।

दुबै पक्ष सहमतीमा आएपछि म्याग्दीखोला जलउपयोग सरोकार समितिका अध्यक्ष चित्रबहादुर पुन र धैलागिरी कालिका हाइड्रो लिमिटेडका अध्यक्ष दिनुप्रताप पाण्डेको संयुक्त हस्ताक्षर सहितको प्रेश विज्ञप्ती जारी भएपछि दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अगाडी बढ्ने निस्चीत भएको छ ।

यस्तो छ दुबै पक्ष बिच सहमती भएको प्रेश बिज्ञप्ती

darbang aayojanapress release