धौलागिरि गाउँपालिका–६ मराङस्थित जनविकास मावीमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग तथा मराङबासीको आर्थिक सहयोगमापुस्तकालयको स्थापना गरिएको हो ।

बिना इन्टरनेट पनि पढ्न सकिने सफ्वेयरको प्रयोगबाट पुस्तकालयमा ‐कम्प्यूटर,ल्यापटप,मोवाईल)को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने भएपछि विद्युतीय पुस्तकालयको आर्कषण बढेको प्रमुख अथिति थापाले बताउनुभयो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने मराङका शिक्षाप्रेमीलाई पुस्तकालयले राहत मिलेको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताइएको थियो ।

कार्यत्रममा मोना जापानका अध्यक्ष एवम् मोना आइसीका कार्यकारी सदस्य महेन्द्र बानियाँ, इन्जिनियर बसन्त श्रेष्ठ लगाएतको उपस्थिीति रहेको थियो । विद्यालयमा पुस्तकालय स्थापनाका लागि गम गर्बुजाले प्रचारप्रसार गरी पुस्तकालय स्थापनाको भूमिका खेलेका थिए । अभियान अन्र्तरगत १ लाख ५०५ संकलन भएको थियो ।

पुस्तकालयको स्थापनाले ब्यवस्थापनमा सजिलो, पुस्तक खोज्नुपर्ने झन्झट नहुने, चौबीसै घण्टा आफूले चाहेको पुस्तक डाउनलोड गरी घरमै प्रयोग गर्न सकिने प्रअ हरिप्रसाद लामिछानेले बताए । पुस्तकालयमा १० हजार अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका पुस्तक, श्रब्यदृश्यलाई डिजिटाइज गरी पुस्तकालयमा राखिएको छ । विद्यालयमा १२ कम्प्यूटर, प्रोजक्टर लगाएतका साम्रागीहरू रहेका छन् । कार्यक्रमको सञ्चालन गोविन्द गौतम, सहशिक्षक चन्द्र बुढाथोकी लगाएतले बोलेका थिए ।