जिल्ला बिकाश समिति म्याग्दीको र म्याग्दी प्रबासी नेपाली संघ (मोना) को सहकार्यमा संचालन हुन लागिरहेको सम्पूर्ण म्याग्दी जिल्ला लाई नै नि.शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम अन्तर्गत म्याग्दी प्रबासी नेपाली संघ (मोना) ले आर्थिक संकलन मा नेतृत्वदाई भूमिका खेल्ने सहर्स जानकारी गरौदछौ | बिदेशमा बसी विभिन्न सामाजिक सरकारी तथा गैर सरकारी संस्था गठन गरि जिल्ला लाई नै बिकाश निर्माण मा सहयोग गरिदिनु भएका संघ संस्था तथा संस्था संयोजक प्रबासी म्याग्दीबासी आमा बुबा, दाजु भाई दिदीबहिनी हरुलाई धन्यवाद ज्ञापन गर्दछौ |

आजको युग बैज्ञानिक युग हो ,यो बैज्ञानिक युगलाई सरलीकरण गर्न सूचना प्रबिधि तथा इन्टरनेटको महत्वपुर्ण भूमिका खेलेको हुन्छ | सामान्य कामकाज वा जटिल कार्य लाइ छिटो, छरितो र सरल बनाउन को लागि इन्टरनेट प्रबिधि सर्बब्यापी बनाउनु पर्ने हुन्छ | यसै को सिलसिलामा सम्पूर्ण जिल्लामा रहेका सरकारि तथा गैर सरकारी सस्था, शैक्षिक सस्था ,सामाजिक सस्था, सूचनाकेन्द्र र सार्बजनी स्थानमा नि.शुल्क इन्टरनेट सेवा प्रदान गर्नको लागि र सम्पूर्ण म्याग्दीबासी जनताको इन्टरनेट प्रबिधि मा पहुच पुराउन म्याग्दी प्रबासी नेपाली संघ (मोना आ इ सी र मोना एन ई सी ) ले प्रबासी जिबन बिताइरहनु भएका म्याग्देली हरुलाई एकत्रित गरि जिल्लालाई प्राबिधिक रुपमा सवल बनाउन विभिन्न संस्था संग सहकार्य गरिरहेको छ | यो महान अभियानमा तपाई संयोजक रहेको संस्था साथै तपाइको मातहात मा रहेका देशी तथा बिदेशी संघ संस्था हरुलाई समाबेश गराई म्याग्दी जिल्ला भित्र रहेका जनता तथा प्रबासी जिबन बिताइरहनु भएका आफन्त बीच सम्बन्ध विस्तार र म्याग्दी बासिको सरल जीबनयापनको लागि र स्थानीय जनता लाइ भरपर्दो नियमित सूचना प्रबिधि सेवाहरु प्रदान गर्नको लागि सहयोग पुर्याउनु हुनेछ भन्ने बिस्वाश राख्दछौ |

संसार भर रहेका मोना एन ई सी साथै धेरै भन्द धेरै सदस्यहरुलाई एकजुट भई यो अभियानको थालनीमा लाग्नको लागी पनि अनुरोध गर्दछौ | म्याग्दीबासिहरुको नेतृत्वमा रहेका सघ सस्था हरु पनि मोना मा आबद्ध भै म्याग्दी जिल्ला को नै इज्यत र प्रतिष्ठालाई देस तथा बिदेसमा चिनाउनको लागि सहयोग गरिदिनुहोला भन्ने विश्वास राग्दछौ | जिल्ला बिकाश समिति म्याग्दीको सहकार्य, वायरलेस इन्टरनेट प्रबिधि का अभियन्ता महाबिर पुन तथा स्थानीय जनतालाई सहभागी बनाइ यो अभियान थालिएको हो | यो महान अभियान मा देश तथा विदेशको जुन कुन मा रहेतापनि आफ्नो जिल्लाको प्राबिधिक बिकाश को क्रान्ति सम्झी तपाइहरुको संघ संस्था सरकारी तथा गैरसरकारी संस्था , बिदेशी तथा स्वदेशी कुटनीतिक नियोग साथै आफ्नो क्षेत्र बाट सामाजिक, आर्थिक र प्राबिधिक रुपमा सल्लाह सुझाब तथा सहयोग गरि नेपालकै प्राबिधिक नमुना जिल्ला को रुपमा विकास गराउन सहयोग पुराउनुहुन सम्पूर्ण व्यक्ति ,संस्था तथा विकास का अभियन्ता हरुलाई हार्दिक बिनम्र अनुरोध गर्दछौ |

प्राबिधिक संयोजक
तेज प्रकाश पुन परिवार
तथा अध्यक्ष
योगेन्द्र क्षेत्री मोना