मिति २७ अक्टुवर २०२३ का दिन म्याग्दी प्रवासी नेपाली संघ, अन्तर्राष्ट्रिय कार्यकारी समितिका नवनिर्वाचित पदाधिकारीहरु अध्यक्ष ददिवल खड्का (जापान), उपाध्यक्ष ई. नन्द गर्बुजा (युएई), उपाध्यक्ष हरि राम्जाली (अष्ट्रेलिया), उपाध्यक्ष दिपक केसी (जापान), महिला उपाध्यक्ष विष्णु बानियाँ (जापान), पूर्व एसिया संयोजक महेन्द्र बानिया (जापान), ले सम्माननीय राष्ट्रपतिज्यूसंग शिस्टाचार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । सो भेटघाट सम्पन्न गर्न समन्वय तथा सहजिकरण गरिदिनु हुने संविधान सभा सांसद रेशम बानियाँज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । सो अवसरमा संघको ईतिहास, मोनाले स्थापनादेखी हालसम्म सम्पादन गरेका सामाजिक तथा परोपकारी गतिविधिहरु राष्ट्रपतिलाई जानकारी गराउने सुवर्ण अवसर मिलेको थियो । साथै मोनाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा आगामी कार्यकालको शुभकामना व्यक्त गरि समय उपलब्ध गराउनु हुने सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू तथा समग्र राष्ट्रपति कार्यालयको सचिवालयलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।