आज मिति ३० अक्टुवर २०१७ गतेको दिन म्याग्दी प्रवासी नेपलाी सघ मोना आइसीको दोस्रो महाधिबेशन पश्चात गठित नव कार्यसमितिको पहिलो कन्फ्रेन्स अनलाइन बैठक मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा निम्न अनुसारको उपस्थिति रहि बिभिन्न प्रस्ताब माथि छलफल गर्दै निम्न लिखित निर्णय गरियो ।

उपस्थित सदस्यहरु

चक्र बहादुर थापा, मोना आइसी अध्यक्ष

टिका गुरुङ्ग मोना आइसी ब उपाध्यक्ष

भुगोल सेरचन, महिला उपाध्यक्ष

योग कुमार फगामी, उपाध्यक्ष

ओम नारायण जुग्जाली उपाध्यक्ष

प्रेम रसाइली, उपाध्यक्ष

मिम पुर्जा, महासचिब

पुर्णीमा पाइजा महिला संयोजक

बिष्णु बानिँया, महिला सह संयोजक

दलिवल खड्का एसिया संयोजक

बिक्रम कार्की

तारा प्रसाद पुन

महेन्द्र बानीया

क्षमा प्रार्थी

राम खड्का

प्रस्ताबहरु १.निर्बतमान समितिलाई धन्यवाद ज्ञापन सम्बन्धमा ।

२.कार्यदल गठन तथा कार्य बिभाजन सम्बन्धमा ।

३ मोना का प्रतिनिधीहरुलाई एनआरएनए सदस्यमा मा सिफरिस सम्बन्धमा ।

४.मोनाका प्रबक्ता तथा आइसी सदस्य चयन सम्बन्धमा ।

५. सचिवालय ब्यवस्थापन सम्बन्धमा ।

६ .सिता थापालाई आर्थिक सहयोग गर्ने सम्बन्धमा ।

माथिको प्रस्ताबमा बुँदा गत छलफल गरि निम्न अनुसारको निर्णय गरियो ।

निर्णय नं. १ प्रस्ताब नं १ माथि छलफल गर्दा २०१४ मा गठित निर्बतमान कार्यसमितिले म्याग्दी जिल्लाको समृद्धिको लागि अतुलनिय सहयोग पुराएको तथा प्रवासि म्याग्देलीहरुलाई एक जुट बनाउन प्रभावकारि भुमिका खेली मोनाको उह्ेश्य पुरा गर्नको लागि हामीलाई जिम्मेवारी सहित कार्यसमिति हस्तान्तरण गर्नु भएकोमा धन्यवाद दिने निर्णय गरियो ।

निर्णय नं. २ माथि गहन छलफल गर्दा निम्न अनुसारको कार्यदल गठन गरि संयोजक र सदस्य पनि तोक्ने निर्ण गरियो । लगानी कार्यदल संयोजक योगेन्द्र क्षेत्री एनआरएनए समन्वय तथा संगठन बिभाग कार्यदल योग कुमार फगामी बाल बालिका तथा पिछडिएका महिला संरक्षण कार्यदल योगेन्द्र क्षेत्री र टिका गुरुङ्ग संचार कार्यदल दुत पुन र तिलक मल्ल सांस्कृतिक प्रबन्र्दन तथा ब्यवस्थापन कार्यदल संयोजक जंग पुन सदस्यमा राजु पुन,महेन्द्र बानियाँ,घनश्याम शाही संस्थाको दिगो ब्यवस्था तथा एक द्धारा प्रणाली कार्यदल संयोजक चक्र बहादुर थापा सदस्यमा मिम पुजा, बिक्रम कार्की र हरि राम्जालि आपतकालिन परोपकारि अक्षयकोष कार्यदल संयोजक टिका गुरुङ्ग, सदस्यमा तुल्मराम रामजाली र भुगोल सेरचन दर्वाङ्ग बाजर कटान नियन्त्रण कार्यदल संयोजक चक्र थापा, सदस्य ओम नारायण जुग्जाली प्रेम रसाईली, मिमपुर्जा प्रकाश पुन, जंग पुन र घनश्याम शाही स्मारिका प्रकाशन कार्यदल संयोजक चक्र थापा, मिम पुर्जा र महेन्द्र बानीया महिला संजाल बिस्तार कार्यदल आशा पाईजा,भुगोल शेरचन र विस्नु वानिया

निर्णय नं. ३ मा छलफल गरि गैर आवासीय नेपाली संघमा सदस्य चयन गराउनको लागि एसिया वाट बिनोद कुवँर, यूरोप वाट शिवकुमार बरुवाल र ओसियानावाट लोकनाथ पौडेल लाई पत्रचार गर्ने निर्णय गरियो ।

निर्णय नं. ४ प्रस्ताब नं. ४ मा बृहत रुपमा छलफल गर्दा निम्न अनुसारको प्रबक्ता र सदस्य मनोनित गरियो । प्रबक्तमा मोना यूके का सदस्य प्रबेश केसी आइसी सदस्यहरुमा भरत घर्ति सन्तोष थापा प्रबिन शाही बिनोद थापा संगित जिसी भिम सेरचन ठर बहादुर भण्डारी किरण शाही अ‍ेसियाना संयोजक मुक्ति रोका उप संयोजक दिपक प्रसाद भण्डारी यूरोप उपसंयोजक किसान जिसी

निर्णय नं. ५ मा सचिवालय ब्यवस्थापन गर्नको लािग अध्यक्ष र महासचिबलाई जिम्मा दिने निर्णय गरियो । निर्णय नं ६ कलाकार सिता थापालाई प्यारालाइसीस भएर उपचारको क्रममा अस्पतालमा भर्ना भएको हुदाँ उहाँलाई आर्थिक तथा भौतिक सहयोग गर्न मोना आइसी का उपाध्यक्ष प्रेम रसाइली लाई जिम्मा दिने निणय गरियो ।

निर्णय नं ७ जिल्ला प्रहरी कार्यालय म्याग्दीमा संचालन भइरहेको पिडित महिला सुरक्षा बासको लागि रु १ लाखको अक्षयकोष खडा गरि सहयोग गर्ने निर्णय गरियो । अन्त्यमा, बैठकको संचालन गर्नुहुने महासचिब मिम पूर्जाले उपस्थित सबैलाई धन्यवाद दिएपछि अध्यक्ष चक्र बहादुर थापा ले बैठकको औपचारिक समापन गर्दै प्रत्येक ३ ÷३ महिना बैठक बस्ने र नव गठित कार्यदलले उक्क्त बैठकमा प्रगति बिवरण पेश गर्नु पर्ने बताउदै ब्यस्त समयमा पनि बैठक मा सहभागी भईदिनु भएकोमा सम्पूर्ण कार्यसमितिलाई धन्यवाद दिदै , आगामी बैठक सदस्यहरुको समय अनुकुल पछि निर्धारण गर्ने निर्णय गरि औपचारिक रुपमा बैठक समाप्त भएको घोषणा गर्नुभयो ।