(मोना) कोरिया ‘लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता’मा सहभागी हुँदै

Home>event>(मोना) कोरिया ‘लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता’मा सहभागी हुँदै
Loading Events
This event has passed.

म्याग्दी प्रवासी नेपाली संघ (मोना)कोरीया ‘लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता’मा सहभागी हुने भएको छ । आउँदो मे ८ तारिकका दिन नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिताम (मोना) कोरीया पनि सहभागी हुने भएको हो ।

(मोना) कोरीयाका तर्फबाट सहभागी कार्यक्रमको संयोजन गंगाराज बानियॉले गरेका छन् भने बिजय कार्कीको नेतृत्वममा खेलाडीहरु सहभागी हुने बताईएको छ ।

सो प्र्रतियोगीताका मोना कोरीयाका तर्फबाट हालसालै कोरिया भित्रिएका म्याग्दीली भलिबल खेलाडीहरुमा (दिनेस कार्की, पुरन बानियॉ, बिकास के सी , सन्दीप भन्डारी, सुरेश कार्की, मिलन बानियॉ, दीपक गरबुजा र पुराना खेलाडीहरुमा झलक आचार्य , गंगाराज बानियॉ,पुस्कल पुन, कुमार भण्डारी, सन्तोष मल्ल,सज्जन के सी, बिजय कार्की, सुशील आचार्य , नबिन खत्री, रबिन भण्डारी, भगवान कार्की रामदास पुन , उदय बुढ़ा रहेका छन।

नयाँ भित्रिएका खेलाडीहरुको खेल क्षमतालाई हेरेर बेष्ट नाईनको छनोट गरिने छ मोना कोरियाले जनाएको छ ।

Leave A Comment