MONA Qatar Cultural Program in 27th May, 2016

Home>event>MONA Qatar Cultural Program in 27th May, 2016
Loading Events
This event has passed.

म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति( मोना )को कतार शाखाले आउँदो २७ मे का दिन विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ग्रामीण सञ्चार विकास लागि सहयोगार्थ मुल नाराका साथ गर्न लागीएको गर्न लागिएको उक्त सांस्कृतिक कार्यक्रम कार्यक्रममा लोक गायिका निशा केसी, लोक गायक पुरुषोत्तम गैह्रे र पप तथा आधुनिक गायक गगन पुनको सांगीतीक प्र्रस्तुती रहने छ ।

प्रवासमा बसेर नेपाल र नेपालीको हकहितमा काम गरिरहेको मोना कतारको यो दोस्रो प्रस्तुती हो । गत बर्ष आयोजीत कार्यक्रममा नेपालबाट लोक गायक खड्क गर्बुजालाइ आमन्त्रण गरि गर्बुजाको एकल साझ आयोजना गरिएको थियो ।

किरण शाहीको संयोजनमा हुन लागेको उक्त कार्यक्रम शालिमार प्योलस रेष्टुरेण्ट नज्मा कतारमा २७ मेका दिन विहानको ११ बजे सुरु हुने म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति( मोना ) कतारले जानकारी दिएको छ ।

म्याग्देलिहरुको साझा संस्था (मोना)ले म्याग्दी जिल्लालाई फ़्री वाइफाइ जिल्ला बनाउने अभियान लगाएत म्याग्दी जील्लाको शिक्षा, स्वास्थ्य, लगाएतका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यक्रमबारे थप जानकारीका लागि

किरण शाही -६६५९६६०१
तिलु शर्मा-५५३४७९५७
गणेश श्रेष्ठ -५५९९७६७८
बिक्रम कार्की -६६०१२०१५
लिला चोखाल- ५०१४०७८०

Leave A Comment